११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

किसान लघुवित्तको १३ हजार कित्ता सेयर बिक्रीमा

१६ चैत, काठमाडौँ। किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर बिक्रीमा राखेको छ।  कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार ९५४ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले  मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले कैलाली लम्किचुहामा रहेको केन्द्रीय कार्यालय वा काठमाडौँको बुढानिलकण्ठमा रहेको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : March 29, 2024 at 10:24 am