११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

एक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१४ चैत, काठमाडौँ ।  डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत १४ गते अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली चैत १५ गते बुकक्लोज गर्दैछ। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै लघुवित्तको साधारण सभामा सहभागिता हुन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

चैत २५ गते पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा लघुवित्तको बाईसौँ वार्षिक साधारण सभा बस्दै छ । सो सभा बिहान १० बजेबाट शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रकाशित मिति : March 27, 2024 at 9:17 am