समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम
१२ चैत, काठमाडौँ । समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनि वीक २०२४ अन्तर्गंत समृद्धि फाइनान्सको पोखरा शाखा, मधुवन शाखा, गैर शाखा र हेटौंडा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
फाइनान्सले पोखरा शाखाबाट गुरुङ्ग महिला समुहका ४० जना महिला, मधुवन शाखाबाट स्थानीय ८० जना किसान तथा युवाहरु, गैर शाखाबाट स्थानीय रैथाने विपन्न बडी समुदायका ३५ जना र हेटौंडा शाखाबाट २५ स्थानीय युवालाई वित्तिय साक्षरता दिईएको थियो। सबै शाखा क्षेत्रहरुमा रेमिटान्स मुख्य आय भएकोले बैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्सलाई बचतमा परिणत गरि उज्वल भविष्य निर्माण गर्न मद्दत पुग्ने कम्पनीले जनाएकाे छ । साथै अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो ।

ग्लोबल मनि वीक २०२४ को अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरुबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
प्रकाशित मिति : March 25, 2024 at 6:07 pm









