१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

२१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

१२ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र  बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । २० अर्ब ७१ करोड जसमध्ये १५ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ ।

मंगलबार चैत १३ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८१ वैशाख ११ गते परिपक्व हुनेछ ।९१ दिनको लागि १० अर्ब ११ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ असार १२ गते परिपक्व हुनेछ ।

त्यस्तै, १८२ दिनको लागि ६० करोर्ड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ असोज ८ गते परिपक्व हुनेछ । त्यस्तै, १ वर्षको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ चैत ११ गते परिपक्व हुनेछ ।ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार ११:३०