१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

नेपाल इन्फ्रास्ट्रचर बैंकको ६ लाख कित्ता सेयर बिक्रीमा

४ चैत, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) ले केही संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय, बानेश्वर काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

बिक्रीमा ल्याएको सेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । साथै, तोकिएको उक्त समयमा सो सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १२:३१