आरम्भ चौतारी लघुवित्तले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने
२९ फागुन, काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरू निराश बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
लघुवित्तको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।
प्रकाशित मिति : March 12, 2024 at 10:48 am









