१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

२९ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । आन्तरिक ऋण उठाउनको लागि केन्द्रीय बैंकले ८ अर्ब रुपैयाँको ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘झ’ बिक्री गर्न लागेको हो ।

यो ऋणपत्रको निष्कासन मिति फागुन ३० गते र साँवा भुक्तानी २०८८ फागुन ३० गते रहेको छ । यस ऋणपत्रका लागि आज फागुन २९ गते दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछिन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १०:३८