१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का, गृहमा रवि लामिछाने

२३ फागुन, काठमाडौं । वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का भएकाे छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धनले बुधबार अन्य केही मन्त्रालयको समेत टुंगो लगाएको छ । जसमा नेकपा एमालेले सचिव समेत रहेका रघुवीर महासेठलाई मन्त्रिपरिषदकाे नेतृत्व गरेर पठाउने भएकाे छ । महासेठले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयकाे जिम्मेवारी सम्हाल्नेछन् ।

त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । त्यस्तैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने बताइएकाे छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १४:१८