१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

रास्वपालाई चार मन्त्रालय, शिक्षामा सुमना श्रेष्ठ

२३ फागुन, काठमाडौँ । सत्ता गठबन्धनले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन्। बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्।

भागबन्डाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४ वटा मन्त्रालय पाउने भएको छ।  जसअनुसार रास्वपाले गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय पाउने भएको छ। गृहमा सभापति रवि लामिछा, शिक्षा मन्त्रालयमा सुमना श्रेष्ठ, श्रम मन्त्रालयमा उपसभापति डोलप्रसाद अर्याल र खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठलाई लगिने निर्णय भएको  रास्वपा स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १४:००