७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

२२ फागुन, काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । कम्पनीले गत आर्थिक बर्ष २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको  हो ।

कम्पनीकाे माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। गत पुस २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुको डिम्याट खातामा सो बोनस सेयर जम्मा गरिएको कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १०:१८