१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

स्वदेश फिर्ता हुँदासम्म मन्त्री नै नरहने जोखिम भएपछि परराष्ट्रमन्त्री साउदको विदेश भ्रमण स्थगित

२० फागुन, काठमाडौँ । स्वदेश फर्किने बेलासम्म मन्त्री नै नरहने जोखिम भएपछि परराष्ट्रमन्त्री एनपी साउदको विदेश भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री साउदको भ्रमण रोकिदिएका हुन । यसअघि तत्कालीन परराष्ट्रमन्त्री डा विमला पौड्याल राई पौडेलले विदेश भ्रमण यस्तै शैलीमा स्थगित भएको थियो ।

यद्यपी परराष्ट्र मन्त्रालयले साउदको भ्रमण विशेष परिस्थितिले स्थगित भएको जनाएको छ । केहीदिन यता सत्ता गठबन्धन भत्किने संकेतहरू सार्वजनिक भैरहेको समयमा मन्त्रीको विदेश भ्रमण प्रधानमन्त्रीले रोकेका हुन ।

साउद निकटहरूले मन्त्रिपरिषद् पुनर्गठनमा साउद गृहमन्त्री हुने हल्ला चलाइरहेका थिए तर प्रधानमन्त्री प्रचण्डलले गठबन्धन नै नयाँ बनाउने संकेत दिएका छन । साउद ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने कार्यक्रम रहेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार २२:३८