१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

बैंक वित्तीय संस्थाविरुद्धको अराजकता तत्काल रोक्नुपर्छः गभर्नर अधिकारी

२० फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् ।  आइतबार अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारी पछिल्लो समय बैंकलक्षित अराजक गतिविधिहरु बढ्दो क्रममा रहेकोले यस्ता गतिविधि रोक्नुपर्ने बताए ।

अधिकारीले बैंक वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरिरहेको बताए ।  गभर्नर अधिकारीले बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्ने,बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहलाई तत्काल सरकारले कानूनी कारबाही गर्न आवश्यक रहेको बताए ।

उनले राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको बताए । बैंक वित्तीय संस्थाबिरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा उनकाे भनाइ छ । यस्तै, गभर्नर अधिकारीले असल नियतले काम गर्ने बैंकर प्रहरी अनुसन्धानबाट डराउनु नपर्ने बताएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १७:१२