९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

१२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

१३ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण र ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको नयाँ ट्रजरी बिल जारी गर्ने भएकाे छ । यो ट्रेजरी बिल आगामी जेठ १५ गते परिपक्व हुनेछ । यस्तै, ३६४ दिन अवधिको ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिल २०८२ फागुन १३ गते परिपक्व हुनेछ ।

फागुन १५ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १७:०२