१३ मंसिर २०८१, बिहीबार | Fri Nov 29 2024

कर्णाली प्रदेश सरकारले गठन गर्यो ६ सदस्यीय प्रदेश योजना आयोग

४ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोग गठन गरेको छ । मंगलवार विहान सम्पन्न मन्त्रिपरिषद वैठकले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा ६ सदस्यीय योजना आयोग गठन गर्ने निर्णय गरेको हो । वैठकले योजना आयोगको उपाध्यक्षमा दैलेखका डा पुण्य रेग्मी, सदस्यहरुमा हुम्लाका डा दिपेन्द्र रोकाया र दैलेखका योगेन्द्र शाहीलाई मनोनयन गर्ने निर्णय गरेको हाे ।

त्यस्तै, योजना आयोगको पदेन सदस्यमा प्रदेश सरकारका प्रमुख सचिव र सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहने व्यवस्था रहेको छ । योजना आयोगका उपाध्यक्षलाई प्रदेश राज्यमन्त्री सरहको र सदस्यहरुलाई प्रदेश सभा सदस्य सरहको सेवा सुविधा दिने निर्णय पनि वैठकले गरेको छ ।

 

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार १३:०१