१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

कर्णालीले काठमान्डुलाई दियो १८१ रनको लक्ष्य

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भइरहेको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो ।

कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गरे । यस्तै हुसेन तललते ३० बलमा १ चौका र २ छक्का प्रहार गरी ४० रन जोडे ।

पवन सर्राफले २३ बलमा २ छक्का मदतमा अविजित ३० रन जोडे । गुल्सन झाले १२ बलका २ छक्का प्रहार गर्दै २० रनको योगदान गरे । बलिङतर्फ काठमान्डुका करण केसीले दुई तथा शाहब आलम, देव शाह, सन्तोष यादव र जहानदाद खानले एक एक विकेट लिए ।

प्रकाशित मिति : November 2, 2026 at 2:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/