१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

स्वाबलम्बन लघुवित्तको नाफा ८२ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

२३ माघ, काठमाडौँ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.७० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ४.२६ प्रतिशतले बढेर ११.३६ प्रतिशत पुगेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज ९ करोडबाट बढेर २९ करोड २५ लाख रुपैयाँ पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ७ करोड ६१ लाख रुपैयाँ रहेको छ । साे अवधिमा खुद ब्याज ६.२३ प्रतिशतले घटेर ६६ करोड ६६ लाख १९ हजार रुपैयाँ सीमित भएको छ । १ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ६३ करोड रुपैयाँ सञ्चित छ।  पुस मसान्तसम्ममा लघुवित्तले १३ अर्ब ३५ करोड रुपैयाँ निक्षेपबाट १८ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी घटेर ५ रुपैयाँ ७३ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको  प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ११ पैसा रहेको छ।

प्रकाशित मिति : February 6, 2024 at 9:46 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/