२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

सूर्योदय वोमी लघुवित्तले घोषणा गर्यो बोनस

२१ माघ, काठमाडाैँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने बोनस सेयर घोषणा गरेको छ।

कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.०७७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सो बोनस सेयर सेयरधनीहरुमा वितरण गरिनेछ।

लघुवित्त हाल एफपीओ निष्काशनको प्रक्रियामा रहेको हुँदा वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोजभन्दा अगावै उक्त सेयर समायोजन भएमा समायोजित सेयरधनीहरुलाई समेत प्रस्तावित बोनस सेयर वितरण गरिने लघुवित्तले जनाएकाे छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार १२:५९