१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

मेरो माइक्रोफाइनान्सको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

१९ माघ, काठमाडाैँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ६ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा २.९१ प्रतिशतले बढेर ७.८७ प्रतिशत पुगेको छ । याे अवधिमा सञ्चालन नाफा ३.१५ प्रतिशतले घटेर ९ करोड १८ लाख ४१ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ६ करोड ९७ लाख २० हजार रुपैयाँ छ ।

सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५६ पैसाले घटेर ९ रुपैयाँ ७४ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ २२ पैसा छ । १ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६४ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले ११ अर्ब ५२ करोड निक्षेप तथा सापटीबाट १३ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार ०९:४५