१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

काठमाडौँकाे बत्तिसपुतलीमा जुवाखालबाट समातिएका १३ व्यापारीकाे नाम सार्वजनिक (नामसहित)

२ मंसिर, काठमाडौँ । काठमाडौँकाे बत्तिसपुतलीमा जुवाखालबाट समातिएका १३ व्यापारीकाे नाम सार्वजनिक भएकाे छ । काठमाडौँ प्रहरी परिसर, टेकुले चलाएको जुवा अपरेशनका क्रममा बत्तिसपुतली क्षेत्रबाट १३ जना व्यापारी पक्राउ परेका हुन् । मिराज होटलमा जुवा खेलिरहेका बत्तिसपुतली र कमलपोखरी क्षेत्रका १३ व्यापारी शनिबार राति रंगेहात पक्राउ परेका हुन् ।


व्यापारीहरूकाे साथबाट ७ लाख ६१ हजार १ सय ९० नेपाली रुपैयाँ र १ हजार ८ सय ८० भारतीय रुपैयाँ बरामद भएको प्रहरीले बताएकाे छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखेर जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

हेर्नुहाेस् पक्राउ पर्ने व्यापारीहरुकाे नाम

१. सुरेशकुमार एलन
२. मनिषकुमार नेमानी
३. मनोजकुमार तितवाल
४. देवकुमार अग्रवाल
५. गौरवकुमार अग्रवाल
६. मनोजकुमार चितलांग
७. राजकुमार अग्रवाल
८. दिनेशकुमार अग्रवाल
९. रवि नेमानी
१०. जगदिश कुमार
११. विजय अग्रवाल
१२. विकासकुमार नेमानी
१३. राजकुमार चौधरी

 

प्रकाशित मिति : November 18, 2018 at 4:55 pm