६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेकाे छः गृहमन्त्री थापा

२ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको छ भन्दै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । अाज राज्य व्यवस्था समितिमा नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको छ र  यसमा संवेदनशील हुनुपर्ने थापाले बताएका छन् ।

लाखौं विदेशीलाई नागरिकता वितरण गरिएको र त्यसमा ठूलो आर्थिक चलखेल भएको भन्दै थापाले विदेशीले लिएको नागरिकताबारे छानबिन हुने बताएका छन् । अङ्गीकृत नागरिकताका कारण राष्ट्रियतामाथि असर पर्ने हुनाले यसलाई ठीक ढंगले हल गर्न सकिएन भने राष्ट्रियतामा नै खतरा पार्ने मन्त्री थापाले बताएका छन् ।

गृहमन्त्री थापाले अब जन्मको आधारमा नागरिकता नदिइने र बंशजको आधारमा नागरिकता, अङ्गीकृत नागरिकता, गैरआवासीय नागरिकता छन् । थापाले भने अङ्गीकृत नागरिकता दिने व्यवस्थालाई संशोधन गर्न आवश्यक छ । समितिका सदस्यहरुले विदेशिले नागरिकता पाएको विषयमा गृहमन्त्रीको धारणा मागेकाेमा  सांसद प्रेम सुवालले ४० लाख विदेशीले नेपाली नागरिकता लिन सफल भएको भनेर भारतीय प्राध्यापकले आफ्नो पुस्तकमा लेखेको दावी गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७५, आईतवार १५:४९