रवि भन्छनः चेक जम्मा भएछ, अनिलकेशरी भन्छनः घण्टी बजेन
८ माघ, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो खातामा चेक जम्मा भएको स्वीकार गरेका छन । यद्यपी उनले चेक जम्मा भए पनि खातामा पैसा भने नअाएको दाबी गरेका छन । उनले चेक जम्मा भए पनि बैंक खातामा पैसा जम्मा नभएको दाबी गर्दै बैंकले त्यसको पत्र समेत दिएको बताए ।
सोमबार पत्रकार सम्मेलन गरी लामिछानेले कम्पनीको सेयर मिलान गर्न व्यवस्थापनले आफ्नो नाममा पैसा जम्मा गर्न चेक बैंकलाई दिएको भए पनि खातामा पैसा नआएको दाबी गरे । रविसँगै पत्रकार सम्मेलनमा उपस्थित भएका अनिलकेशरी शाहले हास्यास्पद जवाफ दिए । उनले बैंकिङ क्षेत्रमा चेक डिपोजिट गर्दा र पैसा जम्मा गर्दा फरक पर्ने बताए । उनले भने, ‘एक करोड ८० लाखको चेक डिपोजिट नभएको भन्दैनौँ, भएको छ। तर, घन्टी बजेन। सभापतिज्यूले पैसा पाउनुभएन।’
रास्वपाका प्रशिक्षण विभाग प्रमुख समेत रहेका शाहले बैंकले पनि स्पष्ट पारेर पत्र दिएको भन्दै पैसा खातामा नभए पनि चेक रिसिभ गर्न भौचर गरिने र त्यसमा जम्मा गर्ने बैंकको सम्पूर्ण विवरण आउने उनले दाबी गरे ।
प्रकाशित मिति : 17:36









