सुदूरपश्चिम प्रदेश प्रमुखकाे कार्यालय नजिकै युवक मृत भेटिए , हत्याकाे अाशंकामा एकजना पक्राउ
१ मंसिर, कैलाली । कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय नजिकै एकजना युवक मृत भेटिएका छन् । धनगढी उपमहानगरपालिका १ खानेपानी रोडका अन्दाजी २४-२५ वर्षका विजय थापाको शव फेला परेको प्रहरीले जनाएकाे छ । प्रदेश प्रमुख कार्यालय नजिकै रहेको कलश होटेलको पछाडिपट्टी थापा मृत फेला परेका हुन् ।

थापाकाे मृत्युको कारण नखुलेको र घटना छानविनका लागि धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका आशिष क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विजयको शव लिएर राति हिँडिरहेको अवस्थामा स्थानीयले देखेर आशिषलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । आशिषले विजय छतबाट लडेकाले उपचारका लागि नजिकैको अस्पताल तर्फ लैजान लागेको बताएका छन् ।
प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार ०८:१३












