५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेपाली कांग्रेस काभ्रेका प्रभावशाली नेता संविज लामा बलात्कारमा संलग्न, कांग्रेस नेता गगन थापाले बलात्कारी छुटाउन गरे चलखेल 

३० कात्तिक, काठमाडौं ।  संसदमा जे सुकै भने पनि र जति सुकै कराए पनि व्यवहारमा भने गगन थापाको नीती गुण्डागर्दीलाई संरक्षण गर्ने खालको देखिएको छ । महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रहरी स्रोतका अनुसार यतिबेला एक बलात्कारी र हत्या आरोपी तरुण दलका सदस्यलाई छुटाउन गगन थापाले दबाब दिंदै आएका छन् ।

काभ्रे तरुण दलका अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि संविज लामा उर्फ ‘स्याल’ ले एक युवतीलाई बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले कारवाही प्रक्रिया अघि बढाएपछि कांग्रेसका युवा नेता थापाले सहमतिमा केस मिलाउन दवाव दिएका हुन् ।

पीडित युवतीको उजुरीका आधारमा पक्राउ परेका लामालाई युवतीसँग सहमति गरी बलात्कारमा संलग्न लामालाई रिहा गर्न गगन थापाले दवाव दिएको कुरा प्रहरी वृतले खुलाएको छ ।

काठमाडौंको दरवारमार्गको चर्चित उडल्याण्ड होटल परिसरमा लामाले सञ्चालन गरेको नोला लाउन्ज एण्ड बारमा काम गर्ने युवतीलाई सोमबार राति ३ बजे बलात्कार गरेका थिए । घटना भएको ३ दिनपछि युवतीले बलात्कारको उजुरी महानगरीय प्रहरी बृत्त दरबारमार्गमा दर्ता गराएकी थिइन् र उजुरी पर्ने बित्तिक्कै प्रहरीले लामालाई पक्राउ गरी कानुनी कारवाही प्रक्रिया अघि बढाएको थियो । नेपाली कांग्रेस, काभ्रेका प्रभावशाली नेताका रुपमा समेत रहेका लामा पक्राउ परेपछि सो पार्टीले प्रहरीलाई रिहा गर्न चर्को दवाव दिएको बुझिएको छ ।

दरबारमार्ग प्रहरी बृत्तका प्रमुख डीएसपी दानबहादुर मल्ललाई कांग्रेस नेता थापाले पटक पटक टेलिफोन गरी रिहा गर्न दवाव दिएको प्रहरी स्राेतले जनाएको छ ।

प्रहरी तथा सरकारले भने बलात्कारीलाई कुनै पनि हालतमा नछोड्ने दृढता व्यक्त गरेको छ । यता गगन थापाकाे निजि स्राेतले बताइए अनुसार अाफुले कसैलार्इ फाेन नगरेकाे दाबि गगन थापाले गरेका छन् । स्रेातका अनुसार कसैले गगन थापाको चरित्रहत्या गर्न खाेजेकाे हुन सक्ने बताएकाे छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार १४:५०