१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

प्रचण्डको ‘गियर’ चेन्जः छायाँ सल्लाहकार बनेर सिंहदबार छिरे वर्षमान र लिलामणि

१६ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको एक वर्षको समिक्षा लगत्तै दुई जनालाई छायाँ मुख्य सल्लाहकार नियुक्त गरेका छन । नेकपा माओवादी केन्द्रका उपहासचिव समेत रहेका सांसद वर्षामान पुनलाई समग्र राजनीतिक मोर्चा र पूर्व मुख्यसचिव लिलामणि पौडेललाई प्रशासनिक मोर्चा सम्हाल्ने गरी जिम्मेवारी दिइएको छ ।

नेकपा माओवादी केन्द्रका नेता एवं सांसद माधव सापकोटा सुबोधले प्रधानमन्त्रीले काममा प्रभावकारीता ल्याउन केही परिवर्तन गरेको जानकारी दिए । पुनले सांसदको हैसियतामा नै सुविधा प्राप्त गर्ने भएकाले दोहोरो सुविधा पनि नलिने र औपचारिक नियुक्ति पनि नलिने गरी काम थालेका छन । त्यस्तै पूर्व मुख्यसचिव पौडेलले पनि काम थालिसकेका छन  । केही दिनअघि प्रधानमन्त्री कार्यालयको दरबन्दी कटौती गर्ने मन्त्रिपरिषद्को निर्णय उनै पौडेलको सुझाव अनुसारको रहेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्ड स्वयंले यसअघि आफूले गियर चेन्ज गर्ने सार्वजनिक घोषणा गरेका थिए । उनले काम प्रभावकारी बनाउन महत्वपूर्ण निर्णयहरूले लिने र त्यसका लागि आफ्नो सचिवालय हेरफेरदेखि मन्त्रिपरिषदसम्म नै हेरफेर हुनसक्ने बताएका थिए । प्रधानमन्त्रीको यस्तो तयारीपछि सचिवालयमा राजनीतिक नियुक्ति लिएका कतिपय र केही मन्त्रीहरू तनावमा परेका छन । यो सबै विषयमा वर्षामान पुनले प्रचण्डलाई सल्लाह दिनेछन ।

यसअघि लामो समय स्वास्थ्य समस्याका कारण विदेशमा रहेर उपचार गराएका पुन चीन निकटका मानिन्छन भने मुख्यसचिव पाैडेल पनि चिनका लागि पूर्व नेपाली राजदूत हुन ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १७:२३