बालुवा व्यवसायीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका डीएसपी राईलाई छाड्न अदालतको आदेश
२९ कात्तिक, काठमाडौं । बालुवा व्यवसायीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईलाई छाड्न अदालतले आदेश दिएको छ । विशेष अदालतले बिहीबार राईलाई घुस बराबरको रकम १ लाख ४० हजार रुपैयाँ धरौटीमा लिएर छाड्ने आदेश दिएको हो ।

महानगरीय प्रहरी वृत्त, बौद्धका तत्कालिन प्रमुख राई २० असोजमा बालुवा व्यवसायीसँग व्यापार चौपट पारिदिने धम्की दिएर रकम असुली गर्दै गर्दा कार्यालयबाटै पक्राउ परेका थिए ।
राइले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । प्रहरी अधिकारीहरूले पटकपटक उनलार्इ सुध्रिन चेतावनी दिएको भए पनि उनले रकम असुली छाडेका थिएनन् ।
प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार १६:५७












