१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सरकारले महत्वपूर्ण सफलता मानेको जनयुद्धको विदा सर्वोच्चद्धारा बदर

१३ पुस, काठमाडौँ । वर्तमान सरकारले महत्वपूर्ण सफलता मानेको फागुन १ मा जनयुद्ध दिवस भनेर दिने सार्वजनिक विदा सर्वोच्च अदालतले बदर गरिदिएको छ । शुक्बार सर्वोच्च अदालतले सरकारले  फागुन १ गते जनयुद्ध दिवसका दिन दिने गरेको सार्वजनिक बिदालाई बदर गरेको हो ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले शुक्रबार जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने गठबन्धन सरकारको निर्णयलाई बदर हुने फैसला गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘…जनयुद्ध दिवसको अवसरमा भनी देशभर सार्वजनिक बिदा दिने नेपाल सरकारको मिति २०७९।१०।२९ को निर्णय र यस वर्षमासमेत मिति २०८०।११।१ गते सोही बिदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६५ मिति २०७९।१२।२ मा प्रकाशित सूचना एवम् सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सूचनाहरूसमेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ ।’

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १८:१८