चालक निदाउँदा दाङबाट काठमाडौँ अाउँदै गरेकाे बस कावासोतीमा दुर्घटना, ४ जना गम्भीर
२९ कात्तिक, कावासोती । दाङबाट काठमाडौँ अाउँदै गरेकाे बस कावासोतीमा दुर्घटनामा परेकाे छ । नवलपुरको कावासोतीमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।

दाङबाट काठमाडौंतर्फ अाइरहेकाे राप्ती यातायातको ना ६ ख ६२०१ नम्बरको बस कावासोती नगरपालिका–३ पुरानो कावासोतीको सडक छेउबाट पल्टिएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, नवलपुरले दिएको जानकारी अनुसार गम्भीर घाइते ४ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर चितवन पठाइएको छ ।
सामान्य घाइते १२ जनाको भने कावासोतीकै कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएका कारण दुर्घटना भएको आशंका गरिएकाे र उनलार्इ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार ०८:५३












