१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

ट्रान्सफर्मर पड्किँदा ठूलोभर्‍याङमा घर जल्याे

२९ कात्तिक, काठमाडौँ । विद्युत्त ट्रान्सफर्मर पड्किएर काठमाडौंको ठूलोभर्‍याङमा अाज बिहान आगलागी हुँदा एउटा घरमा समेत क्षति पुगेकाे छ । ट्रान्सफर्मर पड्किएपछि निस्किएको आगोको मुस्लोले नजिकैको राजेन्द्रमान शाक्यको घरमा समेत क्षति पुगेको हाे ।


स्थानीय र प्रहरीको सक्रियतामा समयमै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुन नपाएको स्वयम्भू प्रहरीले जानकारी दिएकाे छ । प्रहरीका अनुसार, बिहान ७ बजे लागेको आगलागीबाट शाक्यको घरको एउटा कोठामा सामान्य क्षति पुगेको छ ।

प्रकाशित मिति : November 15, 2018 at 8:36 am