१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

काठमाडौंमा कतारले भिसा सेन्टर खोल्दै, भिसाका काम अब २ दिनमै

२८ कात्तिक, काठमाडौं।  कतार जाने नेपाली कामदारका भिसा सम्बन्धी समस्या न्यूनीकरण गर्न कतारले काठमाडौंमा भिसा सेन्टर खोल्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। कतारी राजदूतावास कार्यालयभित्रै भिसा सेन्टर खोल्ने गृहकार्य भइरहेको दूतावासले जानकारी दिएको छ।

कतार जान चाहने व्यक्तिले आवेदन दिएको २ दिनभित्र भिसाका विषयमा जानकारी आउने दूतवासका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्। कतार जान इच्छुक श्रमिकले आवेदन दिएको ४८ घन्टाभित्र भिसा हातमा आउने र भिसा लागेको एक हप्ताभित्र कतार जान मिल्ने गरी दूतावासले काम अघि बढाएको हो।

सेन्टरले काम गर्ने सुरु गरेपछि रोजगारीका लागि कतार जाने समय पनि छोटिने भएको छ। कतार सरकारले सिंगापुरको बियोमेट कम्पनीसँग सहकार्य गरी सेन्टरमा जडान गरिने सफ्टवेयर निर्माण गरिरहेको बताइएको छ। कामदार आपूर्ति गदै आएका ८ देशमा १८ वटा भिसा सेन्टर खोल्ने तयारी कतारले गरिरहेको छ।

सेन्टरमार्फत स्वास्थ्य परीक्षण, फिगंर प्रिन्ट, रोजगारीका लागि कतार जान चाहने कामदारका आवेदन र भिसा लागेपछि सम्झौता पत्र हस्ताक्षरको काम हुने जानकारी दिइएको छ। सेन्टरमार्फत कतार जाने कामदारले नेपालमै भिसा र तलबका विषयमा जानकारी लिन सक्नेछन्।

नेपालमै भिसा सेन्टर खोलेर कामदार आपूर्ति गर्न थालेपछि कामदारमाथि भइरहेको ठगी र विकृतिे अन्य हुने विश्वास कतार सरकारले लिएको छ। यसैगरी, हाल जथाभावी रकम असुल्ने प्रवृत्ति निरुत्साहित हुने दूतावासले विश्वास गरेको उल्लेख गरेको छ।

प्रकाशित मिति : November 14, 2018 at 8:50 pm