५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

धेरै बाँचेँ भनेर इलामका ७६ वर्षिय वृद्धले हाने आफ्नै पेटमा चक्कू

२८ कात्तिक, इलाम । इलामका एक वृद्धले धेरै वर्ष बाँचेको भन्दै आफ्नो पेटमा आफैले चक्कू प्रहार गरेका छन् ।

इलामको देउमाई नगरपालिका वडा नम्बर ४ पानीटारका लालबहादुर कटवालले बुधबार बिहान १०ः४५ बजे आफ्नो पेटमा आफैले चक्कू प्रहार गरेका हुन् ।

७६ वर्षका कटवालले धेरै वर्ष आफूलाई बाच्न मन नरहेको भन्दै चक्कू प्रहार गरी आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

प्रहरी हवल्दार विजय राईका अनुसार चक्कू प्रहारबाट गम्भीर घाइते भएका वृद्धलाई झापामा रहेको विर्तामोड मेडिकल कलेज (बीएमसी) अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १८:३२