५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

एसियाकै प्रतिष्ठित आईटी अवार्ड नेपाल प्रहरीलाई

२८ कात्तिक, काठमाडौँ । एसियाकै प्रतिष्ठित सूचना प्रविधि सम्बन्धी अवार्ड नेपाल प्रहरीले  पाएको छ । जापानको एसियन ओसिनियन कम्प्यूटिङ इन्डट्री अर्गनाइजेसनले नेपाल प्रहरीलाई सन् २०१८ को ‘डिजिटल गभर्मेन्ट अवार्ड’ दिएको हो ।


नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले विभिन्न ४ विधामा प्रदान गरिने अवार्ड मध्ये एक विधाको अवार्ड अाफुले पाएको जनाएको छ ।टोकियोमा २२ कात्तिकमा कम्प्यूटर एसोसिएन नेपाल महासंघका सदस्य डा अभिजित गुप्ताले एएसओसीआईओका अध्यक्ष डेबिड वाङबाट ग्रहण गरेको अवार्ड बुधबार आईजीपी सर्वेन्द्र खनाललाई हस्तान्तरण गरिएको छ ।

यसअघि नेपाल प्रहरीले १ भदौमा स्वदेशमै ‘आईसीटी अवार्ड–२०१८’ पनि पाएको थियो । नेपाल प्रहरीले सूचना प्रविधिको उच्चतम् सदुपयोग गरेको भन्दै यो अवार्ड दिइएको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १७:५२