५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

डिएसपी श्यामकुमार राईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता 

२८कात्तिक, काठमाडौँ । महानगरीय प्रहरी बृत्त बौद्धका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा डिएसपी राईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

डिएसपी राईले स्थानीय व्यवसायी र केही सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ‘उपहार’ दिन भन्दै लगातार दवाव दिँदै आएका थिए । स्थानीय पसलबाट आफैंले टिभी खरिद गरेर ल्याएर बिल भुक्तानीका लागि डिएसपी राईले लगातार व्यवसायीलाई दवाव दिँदै आएका थिए ।

डिएसपी राईबाट पीडित भएका व्यवसायीले दिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि निगरानी बढाएको थियो ।अख्तियारबाट खटिएको टोलीले असोज २० गते (शनिवार) राईलाई १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो ।

अख्तियारले घुससहित रंगेहात पक्राउ परेका राईविरुद्ध १ लाख ४० हजार बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १६:५३