१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमाले सांसद लक्ष्मी महतो कोइरीलाई हत्या अभियोगमा सफाइ, अब संसदमा देखिने

२८ मंसिर, काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई हत्या अभियोगमा सफाइ मिलेको छ । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको हो । न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले प्रहरीका असई विकको हत्या मुद्दामा एमाले सांसद कोइरीलाई सफाई दिएको एमाले नेता गुरू भट्टराईले जानकारी दिएका छन ।

अदातले लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने जन्मकैदको सजाय सुनाएको छ । महोत्तरी जिल्ला अदालतकी श्रेस्तेदार नुतन झाले प्रदेश सांसद शर्मालाई जन्मकैद भएको र एमाले सांसद कोइरीले सफाइ पाएको पुष्टि गरिन । सपथ खाए पनि संसदमा देखिन नपाएका कोइरी निलम्बित भएका थिए । अब उनी संसद प्रवेश गर्न पाउने भएका छन ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १८:०२