१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

३० लाखमा जेलमुक्त हुने भए कांग्रेस नेता बालकृष्ण खाँड, यस्तो छ अदालतको आदेश

२८ मंसिर, काठमाडौँ ।  नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड जेलुमुक्त हुने भएका छन । उच्च अदालत पाटनले खाँडलालाई ३० लाख नगद धरौटीमा छाड्न आदेश दिएको हो । खाँडलाई पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश उल्टाएर उच्चले खाँडलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाडलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गरेको अदालत प्रशासनले जनाएको छ । यसअघि दुई न्यायाधीशहरुबीच राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए । खाँड गत जेठमा पक्राउ परेदेखि नै निरन्तर थुनामा रहेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १७:४०