१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

तीन लघुवित्तले घोषणा गरे लाभांश, कुनको बोनस र नगद कति ?

२५ मंसिर, काठमाडौं। तीन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् ।

१) समता घरेलु लघुवित्त वित्तीय संस्था

समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८५४ प्रतिशत नगद लाभांश गरि कुल ५.७०७६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

२) ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

३) आत्मनिर्भर लघुवित्त वित्तीय संस्था

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयधनीका लागि लाभांश घोषणा गरेको हाे ।

कम्पनीको गत मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र करप्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश वितगरण गर्ने निर्णय गरेको हो । यी तीनै कम्पनीकाे प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीहरूको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १०:२५