१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आत्मनिर्भर लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२५ मंसिर, काठमाडाैं।आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयधनीका लागि लाभांश घोषणा गरेको हाे ।

कम्पनीको गत मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र करप्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश वितगरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १०:१३