३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

आजै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

२२ मंसिर, काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंक बोर्डलाई मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्र थप चलायमान बनाउन सुझाव दिएका छन् ।

बिहीबार गर्भनरसहितको राष्ट्र बैंक बोर्डलाई अर्थमन्त्रालयमा बोलाएर मन्त्री डा. महतले सुझाव दिएका हुन् । घरजग्गा, शेयरलगायत अन्य कारोबारमा सहज हुने मौद्रिक नीति ल्याउन मन्त्री डा. महतले सुझाव दिएकाे अर्थमन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्रीको चासोसँगै नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको छ। राष्ट्र बैंकले आजै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : December 8, 2023 at 10:52 am