१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि ५० लाख सहयोग

२० कार्तिक, काठमाडाैँ । एनएमबि बैंक लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख नगद सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गत कात्तिक १७ गते राती गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने कुरामा बैंक विश्वस्त रहेको छ ।

प्रकाशित मिति : November 6, 2023 at 7:43 pm