१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नाफासँगै घट्यो हिमालयन लघुवित्तको प्रतिसेयर आम्दानी, चुक्तापूँजी ३१ करोड ९८ लाख

१९ कात्तिक, काठमाडौं। हिमालयन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।समीक्षा अवधिमा लघुवित्तले १० लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८५.०९ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिमा लघुवित्तले ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा लघुवित्तको  सञ्चालन मुनाफा पनि ८५.०८ प्रतिशतले घटेर ५२ लाख ५२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

पहिलो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी पनि २.१३ प्रतिशतले घटेर ५ करोड ५३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५ करोड ६५ लाख रुपैयाँ थियो। लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा १.४७ प्रतिशतबाट बढेर २.९२ प्रतिशत पुगेको छ। चुक्तापूँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १४ करोड ७ लाख रुपैयाँ सञ्चित छ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी घटेर १ रुपैयाँ ३६ पैसामा सीमित भएको छ। पीई रेसियो ४१५.७३ गुणा रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७४ पैसा रहेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १०:११