१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

२७.१५ प्रतिशतले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

१५ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा संस्थाले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २७.१५ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा संस्थाले २ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २६.७४ प्रतिशतले बढेर ४ करोड ८६ लाख पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ३ करोड ८३ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि १३.८५ प्रतिशतले बढे १५ करोड ५७ लाख रुपैयाँ  पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी १३ करोड ६८ लाख रुपैयाँ थियो।

६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५० करोड ४३ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा संस्थाले ३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६२ पैसा बढेर २१ रुपैयाँ ९८ पैसा पुगेको छ। पीई रेसियो ३९.७६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रकाशित मिति : November 1, 2023 at 10:31 am