१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

कृषि विकास बैंकको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा कृषि विकास बैंककाे नाफामा उछाल आएकाे छ। बैंकले सार्वजनिक चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंककाे नाफा १८०३.७१ प्रतिशतले बढेकाे हाे ।

समीक्षा अवधिमा बैंकले १० करोड ९२ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकको खुद नाफा ५७ लाख ३८ हजार रुपैयाँमा सीमित रहेको थियो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३२ लाख ३३ हजार रुपैयाँ सञ्चालन नोक्सानीव्यहोरेको बैंकले चालु आर्थिक वर्षको यसै अवधिमा १५ करोड ६० लाख ३९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ। कर्जा जोखिम बापत छुट्याइने इम्पेयरमेन्ट खर्च १ अर्ब ४६ करोड ३८ लाख ५३ हजार रुपैयाँबाट २०.८० प्रतिशतले घटेर १ अर्ब १५ करोड ९४ लाख ४३ हजार रुपैयाँमा झरेपछि सञ्चालन मुनाफा धनात्मक बनेको हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने केही संकुचन आएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ४५ करोड ३७ लाख २४ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी ३.७१ प्रतिशतले घटेर २ अर्ब ३६ करोड २५ लाख ७० हजार रुपैयाँमा झरेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि सुधार आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १७ पैसा मात्र रहेको प्रतिसेयर आम्दानी बढेर ३ रुपैयाँ ५ पैसा पुगेको छ।

गत आर्थिक वर्षको पहिलो तीन महिनाको अन्त्यमा २ अर्ब ४८ करोड ४७ लाख ३६ हजार रुपैयाँ रहेको कुल वितरणयोग्य मुनाफा ६८.२९ प्रतिशतले घटेर ७८ करोड ८० लाख २९ हजार रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको पहिलो त्रैमासको वितरणयोग्य रकम ४७ करोड ४१ लाख ५६ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

प्रकाशित मिति : November 1, 2026 at 12:37 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/