१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेटवार्ता, यस्ता छन छलफलका विषय

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचकाे भेटवार्ता सकिएकाे छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा भएको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको १२ गतेदेखि हुने नेपाल भ्रमण, नेपालको पछिल्लो राजनीतिक अवस्था र संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा लग्ने विषय मुख्य छन्।

गुटरेसको नेपाल भ्रमणका विषयमा छलफल भएकाे छ । त्यस्तै, कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका विषयमा पनि उनीहरूबीच छलफल भएको छ। उनि आगामी कात्तिक २० गते नेपाल आउने तयारीमा छन्।

यस्तै पछिल्लो राजनीतिक अवस्थाका विषयमा सबै दल मिलेर जाने विषयमा समझदारी जुटाउन समेत छलफल भएको बताइएकाे छ । यसैगरी प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई संसद्‌बाट छिटो पारित गर्ने विषयमा पनि छलफल भएको छ।

छलफलमा बेपत्ता नागरिक खोजबीनको लागि सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संसद्‌मा अघि बढाउन सकारात्मक रहेको ओलीको भनाई छ। टीआरसीलाई दसैँ लगत्तै बस्ने संसद् बैठकमा पेस गर्ने तयारी छ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार १७:१५