१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एनआरएनएको अध्यक्षमा एमाले निकटका डा बद्री केसी विजयी, अन्य पदमा कसले मारे बाजी ? (मतसहित)

-पवित्रा मुडभरी

३ कार्तिक, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ विश्व सम्मेलनबाट अध्यक्षमा नेकपा एमाले निकटका डा बद्री केसी विजयी भएका छन । अध्यक्षमा विजयी डा केसीले १३७८ मत प्राप्त गरेका छन भने अध्यक्षका अन्य प्रत्यासी आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरे । शर्मा माओवादी निकटका उम्मेदवार हुन भने श्रेष्ठ नेपाली कांग्रेस निकटका हुन ।

उपाध्यक्षमा रामशरण सिंखडा, डा हेमराज शर्मा, डा विनोद श्रेष्ठ, रोविन शेरचन, राजु रेग्मी र खगेन्द्र न्याैपाने विजयी भएका छन । सिंखडाले १५५२, शर्माले २२६५, श्रेष्ठले १५६०, शेचनले २१८०, रेग्मीले १९०० र न्याैपानेले १३५७ मत प्राप्त गरेका छन । महिला उपाध्यक्षमा रोजिना प्रधान विजयी भएकी छिन । उनले १९४७ मत प्राप्त गरेकी छिन । उनको प्रतिस्पर्धी यासमीन बेगम सैयदले १९१४ मत प्राप्त गरिन । यस्तै युवा उपाध्यक्षमा रोशन थापा २४६८ मतसहित विजयी भएका छन । उनका प्रतिद्धन्द्भी अब्दुलले १३२२ मत प्राप्त गरेका छन ।

यसैगरी महासचिवमा नेपाली कांग्रेस निकटका गौरीराज जोशी विजयी भएका छन । उनले २०३७ मत प्राप्त गरेका छन भने पराजित हुने नेपाली कांग्रेसक निकटकै बुद्धिसागर सुवेदीले १८१८ मत प्राप्त गरेक छन । विजयी जाेशी कांग्रेसकाे शेखर काेइराला निकटका हुन् भने पराजित सुवेदी सभापति शेरबहादुर देउवा निकटका हुन् ।

उपमहासचिवमा प्रविन गुरूङ २१५० र सोमनाथ सापकोटा १७९० मतसहित विजयी भएका छन । सचिवमा भिम केसी कमल १६७३, डा ज्ञानेन्द्र रेग्मी १७८२, मनोजकुमार श्रेष्ठ २०२४, डा नवराज रोस्यारा १८५३, प्रकाशमणि पोखरेल, १६५१ र स्वराजप्रताप शाह १६६६ मतसहित विजयी भएका छन । यस्तै महिला सचिवमा राधिका गुरूङ २३२० मतसहित विजयी भएकी छिन ।

कोषाध्यक्षमा सुदनकुमार थापा विजयी भएका छन । उनले १९१७ मत प्राप्त गरेका छन भने पराजित हुने ठाकुरप्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरेका छन ।

पदाधिकारीमा अधिकांश डा बद्री केसी प्यानलका उम्मेदवार विजयी भएका छन । पराजित भएका उम्मेदवारहरूले धाँधली र सेटिङ गरेर हराएको भन्दै मतपरिणाम अस्वीकार गरेका छन । पराजित भएका कांग्रेस र माओवादी निकटका उम्मेदवारहरूले पालैपालो भाषण गर्दै हार अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार ०१:५५