१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

युनिलिभर नेपालले घोषणा गर्यो लाभांश, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् ?

२९ असोज, काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज २६ गते भर्चुअल माध्यमबाट सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८०  बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले १५८० प्रतिशत नगद लाभांश अर्थात् प्रतिसेयर १५८० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । प्रस्तावित लाभांश आउँदो वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। साधारणसभाबाट अनुमोदन भएको ४५ दिनभित्र नगद लाभांश सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले लाभांश वितरणार्थ आउँदो मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। यसको अर्थ मंसिर १२ गतेअघिसम्म कायम सेयरधनीहरु कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १०:५०