१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन, कांग्रेस र एमालेका एक-एकजना मन्त्रीले लिए सपथ

२८ असाेज, काठमाडाैं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। नेपाली कांग्रेसबाट एक र नेकपा एमालेबाट एकजना मन्त्रीलाई उनले आइतबार नियुक्त गरेका हुन्।

शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरुमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिए। लगत्तै उनले नवनियुक्त दुई मन्त्रीलाई पनि शपथ गराएका छन्। कार्कीले एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई मन्त्रीको शपथ गराएका हुन्। उनिहरूकाे मन्त्रालय भने तोकिएको छैन।

कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख खापुङले नेकपा एमालेसहितको समर्थनमा कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी गरेका थिए। उनीहरू दुवैले ४७–४७ जना सांसदको हस्ताक्षरसहित बिहीबार मुख्यमन्त्री दाबी गरेका थिए।

तर उनको दाबीमा कांग्रेसका नौ सांसदको कीर्ते हस्ताक्षर प्रयोग भएको पुष्टि भएपछि प्रदेश प्रमुख खापुङले कार्कीलाइ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार १८:०४