१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कोशीमा सत्ता गठबन्धन समाप्त, एमालेको समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्रीमा नियुक्त

२७ असोज, काठमाडौँ । कोशी प्रदेशमा सत्ता गठबन्धन समाप्त भएको छ । नेपाली कांग्रेसका मुख्यमन्त्रीका उम्मेदवार केदार कार्कीलाई समर्थन दिएर एमालेले सत्ता गठबन्धन नै समाप्त पारिदिएको हो । योसँगै कोशीमा सात दलीय सत्ता गठबन्धन टुटेको छ भने नेपाली कांग्रेसको विभाजनको औपचारिक बिजारोपण भएको छ ।

कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा केदार कार्की नियुक्त गरेका हुन । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा कार्कीको बहुमत जुटेपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्रीका नेपाली कांग्रेस लगायतको समर्थनमा माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । तर उनको दाबीमा कांग्रेसका नौ सांसदको कीर्ते हस्ताक्षर प्रयोग भएको पुष्टि भएपछि प्रदेश प्रमुख खापुङले कार्कीलाइ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधान अनुसार कार्की मुख्यमन्त्री नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १०:१४