१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दुई लघुवित्त कम्पनीले घोषणा गरे लाभांश , कुनको कति ?

२६ असोज, काठमाडौं । विभिन्न कम्पनीहरूले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई दिने लाभांश घोषणा गर्न थालेका छन् । यसैबिच लघुवित्त कम्पनीहरुले पनि लाभांश वितरण गर्ने घोषणा गर्न थालेका छन् ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत रहेका कम्पनीहरूमध्ये हालसम्म दुई वटा लघुवित्त कम्पनीले मात्र सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । हालसम्म युनिक लघुवित्त वित्तीय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले मात्र सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।

युनिक लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

त्यसैगरी, आरएसडिसी लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्तापूँजीको ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।४५२६ प्रतिशत नगद लाभांश गरी कुल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यी दुई वटै कम्पनीको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण हुनेछ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १४:४८