१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कोशी प्रदेशकाे मुख्यमन्त्रीमा राप्रपाले कसैलाई समर्थन नगर्ने

२६ असाेज, काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कसैको पक्ष नलिने भएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले पार्टीको समर्थन कसैलाई पनि आवश्यक नपरेकाले तटस्थ बस्ने निर्णय लिएको हो ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाले घटनाक्रमलाई नजिकबाट नियालिरहेकाे बताएका छन् । दुईजनाले नै ४७/४७ जनाको हस्ताक्षर बुझाएकाले राप्रपाले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता नदेखिएकाे उनले बताए । प्रवक्ता श्रेष्ठले आवश्यक परेको बेलामा फेरि निर्णय लिन सकिने समेत जानकारी दिए ।

कोशीमा सत्तारुढ गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार ११:१४