३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026

स्थापित भन्छन, ‘बोलेपछि चर्कै बोलिन्छ, अरुको तिहार किन बिगार्नु, प्रदेशसभामा धुँवा उडाउँछु’

१९ कात्तिक, काठमाडाैँ । मन्त्रीबाट बर्खास्त भएपछि चीन भ्रमण रद्द भएका केशव स्थापित मुख्यमन्त्री पाैडेलप्रति अाक्रामक देखिएका छन । प्रदेश ३ को पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्त भएलगत्तै मन्त्रीकै हैसियतामा चीन जनाे बताएका स्थापित भ्रमण रद्द भएपछि अझै अाक्रोशित बनेका छन ।

उनले मन्त्रीको हैसियतमा चीन भ्रमणमा जान खोजेका थिए तर पद खुस्केपछि हैसियत फेरिने भएर चीन भ्रमण रद्द गरेकाे बताएका छन ।बुधबारको मन्त्रिपरिषदको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसँग झगडा भएछपि शुक्रबार उनलाई बर्खास्त गरिएको थियो । चीन भ्रमणका लागि काठमाडौं आएका स्थापित आइतबार चीन जाने कार्यक्रम थियो तर उनी गएनन् । दैनिकीसँगको कुराकानीमा उनले मुख्यमन्त्रीप्रति चर्को अाक्रोश पोखे ।

’मलार्इ हटाउनुको एउटा कारण मुख्यमन्त्री पाैडेल विदेश जान नपाएकाले पनि हो पार्टीले अहिले नबोल्न निर्देशन दिएको छ त्यही भएर अहिले धेरै बोल्दिन’ उनले भने ‘बोलेपछि चर्कै बोलिन्छ। बोलेर अरुको तिहार किन बिगारिदिनु ?’ उनले अब हुने प्रदेशसभाको बैठकमा ‘धुवाँ उडाउने’चेतावनी समेत दिएका छन ।

प्रकाशित मिति : 14:11