३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026

निर्मलाका हत्यारा जतिसुकै शक्तिशाली भएपनि कारबाही हुनुपर्छ: नेता रावल

१८ कात्तिक, कैलाली । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले निर्मला पन्तकाे हत्यारा जतिसुकै शक्तिशाली भएपनि कारबाही हुनुपर्ने बताएका छन । अाइतबार  नेपाल राष्ट्रिय शिक्षक संगठनले धनगढीमा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता रावलले निर्मलाको हत्यारा जतिसुकै शक्तिशाली व्यक्ति भएपनि कारबाही हुनुपर्छ भन्ने नेकपाको आधिकारिक धारणा रहेको स्पपष्ट  पारे । उनले नेपाल सरकारको धारणा पनि छानविन प्रभावकारी गर्ने र दोषीलाई कारबाही गर्ने नै रहेको बताए ।

उनले ए नेतृत्वमा छानविन समिति गठन गर्ने, शंकास्पद व्यक्तिको डिएनए जााच गर्ने, प्रहरी अधिकृतलाई कारबाही गर्ने लगायतको काम सरकारले निर्मला हत्याकाण्ड छानविन गर्न तत्परता देखाएको उदाहरण रहेको बताए ।
नेता रावलले सकारको विरोध गर्नका लागि मात्रै सरकारले चासो नदेखाएको भ्रम फैलाइएको बताए । प्रतिपक्षले निर्मला हत्याकाण्डको अनुसन्धानमा बाधा ल्याउन विभिन्न प्रयास गरेको नेता रावलको आरोप छ । उनले महेन्द्रनगरमा अनुसन्धान चलिरहादा शुक्लाफााटामा मेयरको घरमा आक्रमण गरी प्रहरीको ध्यान अनुसन्धानबाट हटाउने प्रयास प्रतिपक्षले गरेको बताए ।

प्रकाशित मिति : 16:47